काठमाडौं पुस, १८– समायोजनको विरोधमा उत्रिएका कर्मचारीविरुद्ध सरकार आक्रामक भएको छ । सामाजिक सञ्जालमा अध्यादेशविरुद्ध जथाभावी लेख्ने कर्मचारीलाई ‘साइबर क्राइम’ सम्म मुद्दा चलाउने तयारी सरकारले गरेको छ । आचरण र अनुशासन बेबास्ता गर्दै सामाजिक सञ्जाल, पत्रपत्रिकामा लेख रचना छाप्ने र विरोध प्रदर्शनमा उत्रने निजामती कर्मचारीको अभिलेख राख्न थालेको छ । संघीय मामिला तथा सामान्य प्रशासन…