काठमाडौं । २९ बर्ष प्रहरीमा सेवा गरेका डीआईजी रमेश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार कार्यविभागको प्रशासन शाखामा राजीनामाको पत्र बुझाएका हुन् । मंगलवार सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामा दिने घोषणा गरेका थिए । बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी खनाललाई आईजीपीमा बढुवा गरेको थियो। …