काठमाडौं । हिमाली जिल्ला मुगुका अधिकांश सरकारी विद्यालयका भवनहरुको अवस्था नाजुक छ । सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा छायाँनाथ रारा नगरपालिकालगायतका पालिकामा रहेका विद्यालयरुमा पढ्ने विद्यार्थीहरु भौतिक संरचनाको अभाव खेपिरहेका छन् । तथ्याङ्क अनुसार कर्णालीमा तीन हजार २३३ वटा विद्यालय छन् । जसमा दुई हजार ९८३ अर्थात् ९१ प्रतिशत सामुदायिक विद्यालय छन् । प्रदेश सरकारले…