रामग्राम क्षेत्र निजी कम्पनीलाई दिने निर्णयको कागजात उपलब्ध गराउन सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौं,१६ माघ । ऐतिहासिक र धार्मिक महत्वको रामग्राम परियोजना निजी कम्पनीलाई निर्माण गर्न दिने निर्णयको कागजात तत्काल उपलब्ध गराउन सरकारलाई प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले पश्चिम नवलपरासीमा रहेको रामग्राम क्षेत्रको उत्खनन गर्ने काम बिनाप्रतिस्पर्धा निजी कम्पनीलाई दिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्णय गरेको थियो…