काठमाडौं । संसदको कानुन, न्याय तथा मानवअधिकार समितिका सदस्य सुनील शर्माले द्वन्द्वसम्बन्धी कानुन बनाउने समितिका प्रमुख माओवादीकै भए बैठक बहिष्कार गर्ने चेतावनी दिएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक टिआरसी माथिको छलफलमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । सदस्यहरुले उठाएका प्रश्नहरुको निराकरण…