काठमाडौं। नेपाली कांग्रेसका नेताहरुले आफ्नो पार्टीको प्रभाव कमजोर हुँदै गएर अर्काको हात समाएर हिँड्नुपरेकामा चिन्ता जनाएका छन्। पार्टी नेतृत्वमा उच्च नैतिकता र आत्मविश्वासको अभाव भएकाले इतिहास बिर्सेर निर्वाचनमा समेत विपरित विचारका दलसँग सहकार्य गर्नुपरेको उनीहरुको भनाई छ। कोशी प्रदेशको सत्ता परिवर्तनमा नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व चुकेको र पार्टीभित्रकै कोइराला समूहले नेकपा एमालेसँग समीकरण गरेर मुख्यमन्त्री…