काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन घरेलु तहमा जलवायु जोखिम न्यूनीकरण, पूर्वाधार विकास र विपद् व्यवस्थापनका कामलाई मजबुत बनाउनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित ‘काठमाडौँ क्लाइमेट विक’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले जलवायु परिवर्तन वातावरणीय विषयमा मात्र सीमित नरहेको भन्दै कृषि, पूर्वाधार, जल सुरक्षा, जनस्वास्थ्य, ऊर्जा, वित्तीय स्थायित्व र परराष्ट्र…