राज्यमन्त्रीको निर्णय प्रधानमन्त्रीले उल्टाए

राज्यमन्त्री उमेश श्रेष्ठले गरेको निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले उल्टाएका छन् । सोमबार कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमसहित चार जनाको जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय प्रधानमन्त्रीले स्थगित गरेका हुन् । प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी आफैंसँग राखेर श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका थिए । श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा…