मन्त्रिपरिषद् विस्तारमा को बन्यो बाधक, प्रवक्ता श्रेष्ठले गरे खुलासा

नेकपा(माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् विस्तार एमालेको नेपाल–खनाल समूह बाधक बनेको बताएका छन् ।आइतबार बसेको पार्टी स्थायी कमिटीको बैठकपछि उनले एमालेका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले केही समय कुर्न भनेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताएका हुन् । उनले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवाद हुँदा पनि मन्त्रिपरिषद् विस्तारमा केही ढिलाइ भएको बताएक हुन्…