सरकारले नेपाल प्रशासन सेवातर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा रविलाल पन्तलाई बढुवा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सुनाउँदै कानुनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिए । तेस्तै आजकै बैठकले रोजगार अनुमति प्रणाली सञ्चालन व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै सरकारले वैदेशिक…