कांग्रेसको स्थापना लोकतन्त्र रक्षाका लागि भएको हो : उपसभापति गच्छदार

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले कांग्रेसको स्थापना लोकतन्त्र रक्षाका लागि भएको बताउनुभएको छ । लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो’ विषयक अन्तरक्रियामा उहाँले लोकतन्त्र रक्षाका लागि कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको हो । “शीर्ष नेताहरुको गल्तीका कारण लोकतन्त्र कमजोर हुँदै गएको छ, यसको…