मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिने

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आउँदो जेठ २७ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । उनी प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ गते गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री गुरुङले प्रदेशसभामा विश्वासको मत लिने भएका हुन् । यसबारे प्रदेशसभा सचिवालयमा पत्र पुगिसकेको छ…