सत्तारुढ गठबन्धनका नेताहरुको गोप्य छलफल भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका नेताहरुलाई मन्त्रालय र मन्त्री छनोटको जिम्मेवारी दिएसंगै बिहीबार नयाँ बानेश्वर आसपासमा गठबन्धनका नेताहरुबीच गोप्य वार्ता भइरहेको स्रोतले बताएको हो । पावर सेयरिङ मिलाउनका लागि काँग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र महामन्त्री पूर्णबहादुर खड्कालाई खटाएका छन् । यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल…