सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि जवाफी बहस सुरु हुँदैछ। प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि चलिरहेको बहसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निवेदक पक्षका बढीमा पाँचजनालाई बोल्न दिने तयारी गरेका छन्। यस अघी विपक्षी सरकारी पक्षको बहस गत बिहीवार सकिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलले इजलासमा उठाएका तर्कमा रिट निवेदक पक्षले आज जवाफ दिनेछन् । नेकपाका प्रमुख…