नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शर्मा ओलीले जनतालाई सडकमा जान बाध्य पारेको बताएका छन । ललितपुरको गोदावरी नगरपालिकाको चापागाउँमा शनिबार बिहान आयोजित कांग्रेसको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै थापाले संसद विघटन गर्नेमा नेकपाका प्रमुख चार व्यक्तिहरू जिम्मेवार रहेको आरोप लगाए । नेता थापाले राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली अभिभावक नभइ नेकपा भित्रको एक गुटको कुलपति बनेको…