कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाका बहुमत सांसदले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेलगत्तै बागमती प्रदेशमा पनि मुख्यमन्त्री पौडेलविरुद्ध हस्ताक्षर संकलन सुरु भएको छ । पूर्वमाओवादी समूहबाट मुख्यमन्त्री बनेका शाहीविरुद्धको अविश्वास प्रस्तावको नेतृत्व प्रधानमन्त्री केपी ओलीनिकट सांसद यामलाल कँडेलले गरेका छन् । कर्णाली प्रदेशलाई काउन्टर दिनका लागि बागमती प्रदेशमा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यकै समर्थनमा पूर्वमाओवादी समूह…