सभापति देउवाले बोलाए पदाधिकारी बैठक

कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। बिहीबार दिउँसो ३ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन्। प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि पार्टीभित्र छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। बैठक सभापति निवास बूढानीलकण्ठमा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। देउवाले बुधबार नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र…