नेपाल प्रेस युनियनको २९औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा चितवनले दीप प्रज्वलन गरेको छ । युनियनको आफ्नै भवन रहेको शाखाले मङ्गलबार साँझ कार्यालयमा दीप प्रज्वलन गरेको हो । युनियनका केन्द्रय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले कोरोना भाइरसको सङ्क्रमणको समयमा सरकारले पत्रकारलाई प्याकेजको घोषणा गर्न माग…