सरकारका मन्त्रीहरुको गुनासो : प्रधानमन्त्री मालिक, हामी नोकरजस्तै भयौँ

वर्तमान मन्त्रिपरिषद्का सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट रुष्ट रहेको कान्तिपुर दैनिकमा समाचार छ । ‘पार्टीमा पो दुई अध्यक्ष छन्, छलफल हुन्छन्, कुरा बाहिर आउँछन्,’ पूर्वएमालेकै तर्फबाट सरकारमा सहभागी एक मन्त्रीले भने, ‘मन्त्रिपरिषद्मा उहाँ र हामीबीचको सम्बन्ध नोकर र मालिकको जस्तै हो ।’ उनका अनुसार ओली अहिले सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका गोकुल बाँस्कोटाबाहेक…