निवर्तमान सभामुख महराको मुद्दामा प्रतिवेदन माग्ने उच्च अदालत पाटनको आदेश

काठमाडाैं- उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दामा प्रतिवेदन माग्ने आदेश गरेको छ। उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी सहितको इजलासले 'कैफियत प्रतिवेदन' माग्ने आदेश गरेको हो। संघीय संसदकाे सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई जवरजस्ती करणी प्रयास गरेको आरोपमा जिल्ला अदालतको आदेशले थुनामा रहेका महरा उक्त निर्णयविरुद्ध बिहीबार उच्च अदालत पुगेका थिए। जिल्ला…