जेरुसेलम , रोयटर्स- इजरायलमा संसदका लागि मङ्गलबार भएको निर्बाचनमा हाल सम्म सार्बजनिक भएको आधाभन्दा बढी मतगणना परिणाम अनुसार त्यहाका कुनै पनि दललाई बहुमत हासिल नहुने अन्तर्आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन । सार्बजनिक भएको आधाभन्दा बढी मतगणना निर्बाचन परिणाम अनुसार इजरायली प्रधानमन्त्री बेंजामिन नेतान्याहूको सत्तारुढ लिकुड पार्टीलाई उनको प्रमुख प्रतिपक्षी दलले बराबरीमा रोक्न सफल भएको छ…