काठमाडौं– सरकारका प्रवक्ताले राजा आउने भन्ने चर्चाको खण्डन गरेका छन्। उनले त्यसको हाउगुजी नदेखाउन पनि चेतावनी दिए। पछिल्लो समय डाकिएको सर्वदलीय बैठक र त्यहाँ चर्चा उठेको गणतन्त्र जोगाउने विषयको सन्दर्भमा बिहीबार धारणा राख्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले राजतन्त्र इतिहास भइसकेको बताए।'कहाँबाट, को राजा, कहाँको राजा, लावण्य देशको ? नेपालमा त राजा छैन त। राजतन्त्रै छैन।…