प्रदेश ३ ले संविधान दिवस भव्य रूपमा मनाउने

हेटौँडा – पाँचौँ संविधान दिवसलाई प्रदेश ३ सरकारले भव्यरूपमा मनाउने निर्णय गरेको छ। मुख्यमन्त्री तथा प्रदेशका अन्य मन्त्रीहरुको समेत उपस्थितिमा आज बसेको बैठकले संविधान दिवसको अवसरमा विविध कार्यक्रमहरु गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठकले संविधान दिवस मनाउन प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा संविधान दिवस मूल समारोह समितिसमेत गठन गरेको मुख्यमन्त्रीका प्रेस संयोजक…