काठमाडौं जेठ, २८– युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अक्सफोर्ड विश्वविद्यालय युनियनलाई सम्बोधन गरेका छन् । उक्त सम्बोधनमा प्रधानमन्त्री ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको उल्लेख गरेका छन् । साथै, उनले नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको उल्लेख गरेका हुन् । अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक न्याय र…