प्रेसमाथि आक्रमण गर्ने ओली सरकार पनि पूर्वराजा ज्ञानेन्द्र पथमाः कांग्रेस उपसभापति निधि

जनकपुर वैशाख, ३१– कांग्रेस उपसभापति विमलेन्द्र निधिले सरकार वर्तमान ओली सरकार ज्ञानेन्द्र पथमा हिँडेको आरोप लगाएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहले जसरी सत्ता हत्याउनका लागि प्रेसमाथि आक्रमण गरेका थिए वर्तमान सरकारको पनि तरिका उस्तै भएको उपसभापति निधिले प्रष्ट पारे । मंगलबार गृहजिल्ला धनुषाको जनकपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उपसभापति निधिले सरकारले मिडिया काउन्सिल मार्फत…