काठमाडौं फागुन, २२– राष्ट्रिय जनता पार्टी (राजपा)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बुधबार बसेको राजपाको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । रेशम चौधरीमाथि आजीवन काराबास फैसलापछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । आज कैलाली अदालतले रेशम चौधरीमाथि फैसला गरेपछि राजपाको अध्यक्षमण्डलको आकस्मिक बैठक बसेको थियो…