कांग्रेसमा विशेष महाधिवेशनका लागि पहल थाल्ने ५६ जिल्लाका सभापतिको चेतावनी, केन्द्रीय समितिको निर्णय पुनर्विचार गर्न माग

काठमाडौं फागुन, २१– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र यतिवेला विवाद मिल्नुको सट्टा झन् बल्झिने अवस्थामा पुगेको छ । पाटीृ सभापति शेरबहादुर देउवाले महासमिति बैठकमा दिएको वचनविपरीत कांग्रेस केन्द्रीय समितिबाट बहुमतको बलमा विधान पास गराएपछि कांग्रेसमा थप विवाद सिर्जना भएको हो । पार्टी सभापति देउवाले आफ्नो बचन विपरित विधान पास गरेपछि नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले विशेष…