काठमाडौं फागुन, १७– गत बुधबार ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई श्रद्धाञ्जली दिन टुँडिखेलमा राखिएको छ । शुक्रबार श्रद्धाञ्जली दिन बिहान ८ बजेदेखि ११ बजेसम्म टुँडिखेलमा राखिने भएको हो । श्रद्धाञ्जलीका लागि टुँडिखेलमा टेन्ट राखेर पार्थिव शरीर राख्ने स्थान सजाइएको छ । मन्त्री अधिकारीको पार्थिव शरिरलाई काठको बाकसमा राखिएको छ…