सरकारविरुद्ध नेविसंघको प्रदर्शन, भारतीय दबावमा विषादी परीक्षण रोकेको आरोप

काठमाडौं । जनतालाई विष खुवाएको भन्दै कांग्रेस भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । नेविसंघले भारत र तेस्रो मुलुकबाट नेपालमा आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको विरोधमा प्रदर्शन गरेको जनाएको छ । आइतबार नेविसंघले र्‍यालीसहितको प्रदर्शनमा ‘जनतालाई विष खुवाउन पाइँदैन’ लगायतका नारा लगाएको थियो ।…