काठमाडौं जेठ, २५– ‘न पार्टीबाट आस छ, न सरकारबाट’ । ठूलो कुरा मृत्युलाई जितें । अब गाउँ फर्किने इच्छा छ तर खुट्टा राम्रोसँग टेकिएका छैनन्,’ शुक्रबार बिहान तीनकुनेस्थित कोठामा हातका औंला भाँच्दै पूर्वसांसद ७१ वर्षीय नारायणबहादुर कार्कीले भने, ‘बिरानो यो काठमाडौं आएको १८ महिना ११ दिन पुगेछ ।’ लामो समय उनले यही अँध्यारो कोठामा बिताए…