काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनमा एकजनाको मात्र उम्मेदवारी परेको छ । वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको मात्र उपराष्ट्रपति पदमा उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले शनिवार जनाएको छ । उपराष्ट्रपति पुनले शनिवार अपराह्न सो पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । सो उम्मेदवारीको प्रस्तावकमा रेखा शर्मा, सुवास नेम्वाङ, परशुराममेघी गुरुङ, पम्फा भुसाल र भानुभक्त ढकाल छन्…