त्रिविले भन्योः फागुनमा स्ववियु चुनाव हुँदैन

काठमाडौं फागुन, १३– त्रिभुवन विश्वविद्यालयले फागुनमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्न नसक्ने बताएको छ । फागुन १८ गते स्ववियुको कार्यकाल सकिने भए पनि त्रिविले निर्धारित समयमा निर्वाचन गर्न नसकिने बताएको हो । फागुनमा निर्वाचन गर्ने तयारी गरिए पनि पर्याप्त तयारी नपुगेकाले निर्वाचन सार्न थालिएको त्रिविले जनाएको छ । विसं २०७३ फागुन १८ गते…