त्रिशूली क्षेत्रमा आएको विपत्तिले इतिहाससँग जोडिएको सभ्यता नै निमिट्यान्न पार्यो: सांसद पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले मुलुकले यस पुस्ताले नदेखेको र नसुनेको भयावह प्राकृतिक विपत्तिको सामना गरिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उत्तरतर्फको हिमाली क्षेत्रमा भएको गडबडीका कारण सुरु भएको विनाशकारी बहाव भोटेकोसी हुँदै त्रिशूली नदी किनारसम्म प्रवेश गर्दा ठूलो मानवीय तथा भौतिक क्षति भएको बताए । उनले…