कांग्रेस र एमालेका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार बोलाइयो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र नेपाली काँग्रेसले पार्टीका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएका छन्। पार्टीका सांसदहरूलाई आज बिहान १०:३० बजे सिंहदरबार आइपुग्न भनिएको हो । सांसदहरूका अनुसार, संसदमा विचाराधीन र विवादित विधेयकहरूका बारेमा छलफल गर्नका लागि यो बैठक बोलाइएको हुन सक्छ।