काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको भेला बोलाएका छन् । उनले १५ वैशाखका लागि आफ्नो समुहको भेला डाकेका हुन् । नेता खड्कानिकट एक केन्द्रीय सदस्यले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू र उपलब्ध क्षेत्रीय सभापतिहरूको भेला बोलाइएको जानकारी दिए । भेला धुम्बाराहीस्थित होटल स्मार्टमा हुने ती नेताले बताए…