जनताले प्राथमिक स्वास्थ्य सुविधा समेत प्राप्त गर्न सकेका छैनन् : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले विशिष्टकृत स्वास्थ्य सुविधालाई सरलिकरण गर्ने भनेपनि व्यवहारमा प्राथमिक स्वास्थ्य सुविधा समेत प्रवाह हुन नसकेको स्विकारेका छन् । बुधबार भक्तपुर क्यान्सर अस्पतालमा बाभाटन रेडियोथेरापी विथ सिमुल्याटर मेसिनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा रहेका समस्याहरु पहिचान गर्न जरुरी रहेको उल्लेख गर्दै सरकार यसमा काम गरिरहेको बताए…