मुगु । सिंहदरवारको अधिकार गाउँगाउँमा भन्ने सरकारको नारा भए पनि नेपालका धेरै स्थानहरुमा आधारभूतसेवा सुविधा प्राप्त गर्न नसकेका गाउँ छन् । त्यसमध्ये हिमाली जिल्ला मुगुको मुगमकामारोङ्ग गाउँपालिका वडा नम्बर १ मा रहेको वाङ्गी र चितै गाउँ पनि पर्छ । त्यहाँका बासिन्दा सामान्य आधारभूत आवश्यकता सरकारले पूर्ति गर्न नसक्दा जीवन निर्वाहका लागि बाहिरिनु परेको अवस्था छ…