काठमाडौं, २७ चैत । सुर्मादेवी बझाङी समाज धनगढीले नयाँ वर्षको अवसरमा विशु मिलन, शुभकामना आदानप्रदान तथा देउडा कार्यक्रम गर्ने भएको छ । २०८० साललाई विविध सांगीतिक कार्यक्रम गर्दै स्वागत गरिने समाजले जनाएको छ । ुनेपाली नयाँ वर्षलाई स्वागत गर्ने हाम्रो आफ्नै पौरणीक परम्परा रहेको छ । हामी नयाँ वर्षको दिनलाई विशु पर्वका रूपमा लिन्छौं ।…