गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ,माओवादीबाट सिंखडा र कांग्रेसबाट अर्याल मन्त्रीमा नियुक्त

पोखरा, १५ वैशाख । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट उनलाई पद तथा गोपनीयताको शपथ लिएका हुन् । नवनियुक्त मुख्यमन्त्री पाण्डेले सत्तारुढ घटक माओवादीबाट सुशीला सिंखडा र कांग्रेसबाट सरस्वती अर्याललाई मन्त्रीमा नियुक्त गर्दै शपथ खुवाएका छन् । उनीहरूको मन्त्रालय भने तोकिएको छैन ।…