नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विश्वासको मत लिन नसकेर संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर पत्याउन नसकिने बताएका छन्। संसद् विघटनको विरुद्धमा कांग्रेसले देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा गरिरहेको विरोधसभा अन्र्तगत काठमाडौं १ (क) मा आयोजित विरोध सभामा बोल्दै सिंहले ओलीले निर्वाचन नगराउने बताएका हुन्। उनले ओलीको असंवैधानिक…