संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आगामी मङ्सिरदेखि सम्पूर्ण किसिमका पर्यटकीय गतिविधि खुल्ला गर्ने बताउनुभएको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका¬–२ मा स्थिति काँगेलडाँडा विमानस्थलको स्थलगत निरीक्षणमा आउनुभएका मन्त्री भट्टराईले कोरोना रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्ने जनाउनुभएको हो । मन्त्री भट्टराईले सन् २०२१ लाई नेपालको पर्यटनको पुनरागमनको वर्षका…