कृष्णदासका बारेमा आज अदालतको आदेश आउने : अनुयायिहरु अदालत बाहिर रामनाम भजन गर्दै

इनरूवा- बलात्कारको आरोप लागेका कृष्णदास महाराज भनिने कृष्णबहादुर गिरी उपरको मुद्दामा आज अदालतको आदेश आउदैछ । हिजोबाट सुरू थुनछेक बहस कार्यालय समाप्ति सँगै आजलाई सारिएको थियो । गिरीलाई सुनसरी जिल्ला अदालत उपस्थित गराइसकिएकाले अब केही बेरमा बाँकी थुनछेक बहसको क्रम सुरू हुनेछ । थुनछेक सकिएपछि आजै अबेर सम्ममा फैसला आउन सक्ने अनुमान लगाइएको छ ।…