२२, पुष,डोटी- हिमपातसँगै बढेको चिसोले सताएपछि डोटीका स्थानीवासी बिरामी पर्न थालेका छन् । सरकारी तथा निजी अस्पतालमा अहिले बिरामीको चाप बढेको छ । जिल्ला अस्पताल डोटीमा मात्रै चिसोका कारण रुघाखोकी, निमोनियालगायतका ज्वरोका ४० बिरामी भर्ना भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा ज्योति पाण्डेले जानकारी दिइन । उनले भनिन, “चिसोले बालबालिका र ज्येष्ठ नगरिकमा बढी…