दशैँ खर्चको जोहो गर्न दाङ आइपुगे राउटे मुखिया

घोराही, परापूर्वकालदेखि जङ्गली जीवन बिताउँदै आएका राउटे समुदायका अगुवाहरु दशैँ खर्च जुटाउन दाङका विभिन्न सरकारी कार्यालय, संघसंस्थालगायतका स्थानमा आर्थिक रकम जुटाउँदै हिँडेका छन् । शुक्रबार घोराही उपमहानगरपालिकामा आर्थिक सहयोग जुटाउन आएका उनीहरुले अहिलेसम्म रु १० हजार जम्मा गरिसकेको जानकारी दिए । कुराकानीको क्रममा राउटेका मुखिया नारायणबहादुर शाहीले आफूहरुलाई दशैँमा खसी काट्ने, नयाँ कपडा किन्ने र…