बर्दिया, ३१ साउन - बर्दियाको डल्ला गाउँको होमस्टेमा बसेर फर्कने पाहुनाको हात खाली हुँदैन । होमस्टेमा बसेवापत होमस्टे सञ्चालकले पाहुनाको सम्मानस्वरुप मायाको चिनोको रुपमा हस्तकला विभिन्न सामान प्रदान गर्दै आएका छन् । स्थानीय स्रोत र साधनको प्रयोग गरी निर्माण गरिएको सामान चरा, ढकिया दिएर बिदाइ गर्ने गरिन्छ । होमस्टेमा बस्न आउने पर्यटकले कुस, कपडा, बेतबाँस…