सर्वोच्चले मुद्दा टुंगो नलगाएसम्म प्रदेश सभा बैठकमा सहभागी नहुने गण्डकी कांग्रेसको निर्णय

पोखरा । गण्डकी प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्चले मुद्दा किनारा नलगाएसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने निर्णय गरेको छ। ६० सदस्यीय प्रदेशसभामा ३० सदस्यको मतलाई नै सभामुख कृष्ण धितालले बहुमत भएको घोषणा गरिदिएको विषयमा सर्वोच्चमा मुद्दा परेकाले उक्त विषयको निर्क्योल नभएसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने निर्णय कांग्रेसले गरेको हो। वैशाख २३ गते मुख्यमन्त्री खगराज…