विराटनगर । कोशी प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक आज सोमबार दिउँसो १ बजे बस्ने भएको छ । यसअघि प्रदेशसभाको बैठक गत कात्तिक १ गते स्थगन गरिएको थियो । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम आज बैठक बस्न लागेको हो । बैठकको कार्यसूची बैठक बस्नुअघि तय हुने प्रदेशसभा सचिवचलयका सचिव गोपालप्रसाद पराजुलीले बताए ।…