सुदूरपश्चिममा कोभिड देखिएपछि झापाका सीमानाकामा कडाइ

झापा । भारतसहित सुदूरपश्चिम प्रदेशमा कोभिड(१९ सङ्क्रमित फेला पर्न थालेपछि झापामा सतर्कता बढाइएको छ। सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समिति, बैठकको निर्णयअनुसार सीमा नाकामा निगरानी र जाँच प्रणालीलाई प्रभावकारी बनाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले नाकामा रहेका हेल्थ डेस्कलाई थप जनशक्ति र स्रोतसाधन सम्पन्न…