सोलुखुम्बु- सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङलाका स्थानीयले गाउँमा विधुत विस्तारको माग गरेका छन्। सोलु करिडोरबाट प्रभावित क्षेत्रमा पर्ने तिङ्लामा विधुत विस्तार गर्न यहाँका स्थानीयले माग गरेका हुन्। विधुत विस्तारको माग राख्दै शनिवार तिङ्ला लाम्मानेमा स्थानीयले करिब एक दर्जन मोटरसाईकलमा आगजानी गरेका छन्। आफ्नो क्षेत्रमा विधुत विस्तार नगरी सोलुदुधकुण्ड नगरपालिका–८ पत्तालेमा विद्युतको केन्द्रीय प्रसारण लाईन जडान गरीएको…