इलामको माङसेबुङ र पाँचथरको मिक्लाजुङ गाउँपालिकाले प्रवेशमा कडाई गर्ने

विश्वमा महामारीका रुपमा फेलिरहेको नोवल कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि इलामको माङसेबुङ गाउँपालिका र पाँचथरको मिक्लाजुङ गाउँपालिकाले आफ्नो क्षेत्रमा प्रवेशमा कडाई गर्ने भएको छ । हेल्प डेक्स र सुरक्षा पोष्ट बाहेक अन्य बाटाहरु प्रयोग गरी आफ्नो गाउँपालिकामा प्रवेश गर्नेहरुको संख्या बढेको गुनासो आएपछि शुक्रबार दुई गाउँपालिकाबीच संयुक्त समन्वय बैठक भएको थियो…